हाम्रो बारेमा

हामी “१०,००० लगानीकर्ताहरुको जमघट” अभियान संचालन गरि बढीभन्दा बढी लगानीकर्ताहरुलाई लगानीका सूचनाको संजालमा राख्ने समूह हौं । पहिलो चरणको लक्ष्य अनुसार १०,००० लगानीकर्ताहरुको नामावली तयार पार्ने उदेश्य राखिएको थियो जुन ३ महीनामै ९,६०० भन्दा बढी लगानीकर्ताहरु आबद्ध भईदिनु भयो । यो १०,००० लगानीकर्ताहरुको नामावली संकलन गरि भविष्यमा आउने लगानीका अवशरहरुको सूचनाको लागि मात्र हो र यसको लागि कुनै शुल्क उठाईएको छैन ।

यो समूहले लक्ष्य होल्डिंङ्गस् लिमिटेड नामक कम्पनी दर्ता र संचालन गरि कम्पनीका कामहरु प्रारम्भ गरेका छौं । लक्ष्य होल्डिंङ्गस् लि. को १ अर्ब १५ करोड अधिकृत पूँजी र १ अर्ब चुक्ता पूँजी रहेको छ । यस होल्डिंग कम्पनीले आफ्नो स्थापनापछि राम्रा, लाभदायी आयोजनाहरुको छनोट गरि नयाँ कम्पनीहरुको स्थापना गर्दै जाने लक्ष्य राखेको छ र कम्पनीहरुको समूह नै स्थापना गरिनेछ । यसबाट लगानीकर्ताहरुलाई लगानीको अवशर प्राप्त हुने, रोजगारीको सृजना हुने तथा मुलुकको आर्थिक विकासमा पनि योगदान हुनेछ । सत्यनिष्ठा, पारदर्शिता, व्यवसायिकता र जवाफदेहिताका यस कम्पनीका मूलभूत मार्गनिर्देशक सिद्धान्तहरु रहनेछन् ।

Join LAKSHAYA HOLDINGS LTD on Viber

"१०,००० लगानीकर्ताहरुकोे जमघट"

Join
सुचना

प्रिय मित्रहरु,

सम्पूर्ण नेपाल भ्रमणको कार्यक्रम रद्द भएको जानकारी दिन चाहन्छौ ।

[We would like to inform you all that "Visiting All Nepal Program" has been cancelled]

धन्यवाद ।

लक्ष्य होल्डिंग्स् लि.

सुचना

लगानीकर्ता साथिहरु,

हामी लक्ष्य होल्डिंङ्गस् संग सम्बन्धित सबैको लागि खुसीको खबर छ । २०२२ जनवरी २९ सम्म शतप्रतिशत शेयर रकम बुझाउनुहुनेहरुमध्ये २६६ जनाको प्रबन्धपत्र, नियमावलीमा हस्ताक्षर लिएर हामीले कम्पनी दर्ता गराएका छौं ।

सबैजनालाई हार्दिक बधाई ।

अझै पनि पहिलो चरणको शेयरहोल्डरको शेयर लगत बनाउन केहि समय लाग्नेछ । तर अब कम्पनी दर्ता भईसके पछी २०२२ फेब्रुअरी १ देखि कम्पनीको आधिकारिक बैंक खातामा रकम जम्मा गर्ने व्यवस्था गरिएको छ । पहिलो चरणको शेयरहोल्डर बनि शेयर लगत कायम गराउन चाहनुहुनेहरुले शतप्रतिशत रकम कम्पनीको आधिकारिक बैंक खातामा जम्मा गर्न सक्नुहुनेछ । अब पूँजी रकम कम्पनीको आधिकारिक बैंक खातामा सर्नेछ । २०२२ फेब्रुअरी १ देखि कम्पनीको आधिकारिक बैंक खातामा जम्मा भएको रकम कम्पनीको चालू खाता भएकोले ब्याज आर्जन हुनेछैन ।

केहि समयमै हामी कम्पनीको आधिकारिक बैंक खाता उपलब्ध गराउनेछौं ।

२०२२ जनवरी ३१ सम्म संकलन भएका लगानीकर्ताहरुको रकममा बार्षिक १०.०५ प्रतिशतले हुन आउने ब्याजमा ५ प्रतिशत श्रोतमा करकट्टी गरि हिसाबले दैनिक समय र रकमको भारित अनुपातमा लगानीकर्ताहरुलाई नै ब्याज फिर्ता दिने हाम्रो प्रतिबद्धता अनुसार ब्याज भुक्तानीमा हामी काम गर्दैछौं । ब्याज भुक्तानीको हिसाब गर्ने कटअफ मिति २०२२ जनवरी ३१ रहेको छ ।

यसको लागि लगानीकर्ताहरुको बैंक खातामा ब्याज फिर्ता पठाउनको लागि लगानीकर्ताहरुले आफ्नो १३ अंकको आवेदन नम्बर लक्ष्य होल्डिंङ्गस् लि. को बेवसाइट www.lakshyaholdings.com मा सर्च बक्समा खोजी बैंक खाता विवरण अद्यावधिक गरिदिनुहुन अनुरोध छ ।

सुचना जारी गरिएको मिति : १८ माघ २०७८, मंगलवार

प्रगति विवरण

प्रिय मित्रहरु,

१०,००० लगानीकर्ताहरुको जमघट गराउनेबाट सुरु भएको अभियान अहिले लक्ष्य होल्डिंग्स् लिमिटेडको दर्ताको चरणमा पुगेको छ । ३१ डिसम्बर २०२१ सम्म पहिलो किस्ताको ३० प्रतिशत रकम जम्मा गरेर संस्थापक शेयरहोल्डरको आवेदन गर्नेहरु हामी १०१७ जना पुगेका छौं । यो संख्या अझ बढिरहेको छ ।

धेरै धेरै धन्यवाद यो विश्वास र भरोसाको लागि । यहाँहरुको विश्वास थाम्न हामी अझ सचेत हुनेछौं ।

अहिले १ जनवरी २०२२ देखि १५ जनवरी २०२२ सम्म ३० प्रतिशत जम्मा गर्नेहरुले बाँकी ७० प्रतिशत जम्मा गर्ने वा रकम नबुझाउनेहरुले पनि १०० प्रतिशत नै रकम जम्मा गर्नेगरि कम्पनीको प्रबन्धपत्र, नियमावलीमा हस्ताक्षर गर्नसकिने दोश्रो चरणको कार्यक्रम चलिरहेको छ ।

१६ जनवरी २०२२ देखि १०० प्रतिशत नै जम्मा गर्नेहरुलाई कम्पनीको प्रबन्धपत्र, नियमावलीमा हस्ताक्षर गराउने काम सुरु हुनेछ । यसको लागि काठमाण्डौको टीमले काठमाण्डौंमै काम गर्नेछ भने एउटा टीम देश दौडाहामा जानेछ । देश दौडाहाको टीमले हालसम्म झापा, इटहरी, बर्दिबास, निजगढ, बीरगञ्ज, हेटौंडा, नारायणघाट, पोखरा, बुटवल, लमही, कोहलपुर र अत्तरियामा हस्ताक्षर कार्यक्रम गराउने सोच बनाएको छ । कुन शहरबाट कति संख्यामा आवेदन आएका छन् हेरिकन यो शहरहरुको दौडाहामा केहि थपघट पनि हुन सक्नेछ ।

फेब्रुअरी २०२२ को दोश्रो हप्तासम्ममा कम्पनी दर्ताको काम सक्ने टीमको लक्ष्य रहेको छ । त्यसपछि होल्डिंग कम्पनीले सहायक कम्पनीहरु बनाई लगानी गर्नको लागि इच्छुकहरुबाट प्रस्ताव आव्हान गर्ने तथा विज्ञहरुको टीम बनाउने काम सुरु हुनेछ । त्यसपछि फेरि सहायक कम्पनीहरुमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुलाई आव्हान गर्ने, जनशक्ति निर्माण गर्ने, प्रणालीहरु बनाउने काम सुरु हुनेछ ।

होल्डिंग वा सहायक कम्पनीहरु जसले काम गरेता पनि कम्पनी, लगानीकर्ता, संचालक, कर्मचारीहरु सबै सरोकारवालाहरुको लागि चार मूल मन्त्रहरु “सत्यनिष्ठा, पारदर्शिता, व्यवसायिकता र जवाफदेहिता” सदैव कायम रहनुपर्नेछ ।

आउनुहोस् यो अभियानमा सामेल बनौं । १५ जनवरी २०२२ सम्म ३० प्रतिशत रकम जम्मा गर्नुभएका साथिहरुले बाँकी ७० प्रतिशत रकम पनि जम्मा गरौं । कुनै पनि रकम जम्मा नगरेका साथिहरुले पनि १०० प्रतिशत नै रकम जम्मा गरि अवशरबाट नछुटौं । हामी बिभिन्न शहरहरुमा आँउदा यहाँहरु आफू तथा भेटघाटका लागि अन्य इच्छुक साथिहरु समेतसंग प्रत्यक्ष भेटघाट पनि हुनेनै छ भन्नेमा हामी आशावादी छौं ।

धन्यवाद ।

लक्ष्य होल्डिंग्स् लि. (प्रस्तावित) को तर्फबाट
डा. केशव श्रेष्ठ
अध्यक्ष

सहि छाप गर्ने अन्तिम मिति Jan 28 2022


:
:
:
Watch Form Fill up Tutorial